काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले गोरखाका अध्यक्ष यमबहादुर थापालाई कारबाही गरेको छ।
तरुण दल केन्द्रीय समितिले थापालाई कारबाही गर्दै उनलाई निष्कासन गरेको हो। केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरेर थापालाई कारबाही गरेको बताएका छन्।
तरूण दलको आदर्श, सिद्धान्त र भावनाबमोजिम संगठन निर्माणमा क्रियाशील नभएको भन्दै केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मंगलबार सूचना निकालेर थापालाई कारवाही गरेका हुन्।
संगठन निर्माण कार्यमा सक्रिय नभएको, जिल्लाको नियमित सांगठिनक प्रक्रियामा सहभागी नभएको, केन्द्रबाट गरिएको नीति निर्देशन पालना नगरेको, दलको केन्द्रीय समितिका जिल्लाको सांगठनिक गतिविधिको बारेमा जानकारी नगराएको भन्दै थापालाई कारबाही गरिएको हो।