शुक्रबार, भदौ १९, २०८३

क्याम्पस जान हिँडेका किशोर दुई दिनदेखि बेपत्ता

तनहुँको व्यास नगरपालिका ४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबारदेखि बेपत्ता भएका छन्। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

तनहुँ– तनहुँको व्यास नगरपालिका ४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबारदेखि बेपत्ता भएका छन्। 

 बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका उनी अझै फेला परेका छैनन्। 

आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो। क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन्।  सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर नफर्किएपछि उनका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे।

बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे। 

सोमबार बिहानदेखि बेपत्ता भएका ईश्वरको मंगलबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। 

‘दुई दिन भइसक्यो ईश्वरको अत्तोपत्तो छैन’, उनले भने, ‘बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेर्‍यौं’, केही जानकारी प्राप्त हुन सकेन’, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिए। 
 

प्रकाशित: Feb 10, 2021| 02:34 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।