बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाविरूद्धको खोपप्रति भारतमा ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

कोरोनाविरूद्धको खोपप्रति भारतमा ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

भारतमा कोरोनाविरुद्धको खोप लगाइसकेका ९७ प्रतिशत मानिसको समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- भारतमा कोरोनाविरुद्धको खोप लगाइसकेका ९७ प्रतिशत मानिसको समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

National life

स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड १९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्यांक मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताए।  

उनले भने, ‘आरएएसबाट प्राप्त तथ्यांकमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव सकारात्मक रहेको पाइएको छ।’ कोविन प्रतिक्रिया प्रणाली कोभिड १९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो।

भूषणले भने, ‘एपमार्फत् प्रतिक्रिया संकलन प्रक्रिया सन् २०२१ को जनवरी १७ देखि सुरू भएको हो।  

उनले भने, ‘खोपको लाभ लिएका सबै व्यक्तिलाई निजी एसएमएस पठाइएको थियो। एसएमएसमा व्यक्तिको नाम, डोज (पहिलो र दोस्रो), र प्रतिक्रियाको लागि अनुरोध गरिएको। प्रयोगकर्ताले खोप लिएपछि उनीहरूलाई एपमार्फत पाँच प्रश्नहरू सोधिएको थियो। जवाफका आधारमा नतिजा सार्वजनिक गरिएको हो।’

Laxmi sunrise bank
kumari

नतिजाबारे स्वास्थ्य नीति आयोगका सदस्य डाक्टर विके पाउलले भने, ‘उनीहरू निर्धक्क भई भन्न सक्छन् कि खोप कार्यक्रम लागू गर्ने रणनीति र खोप अभियानको अनुभव सन्तोषजनक आएको छ।’ 

भारतमा स्वास्थ्यकर्मी तथा अग्र पंक्तिमा रहेर राष्ट्रसेवामा खटिने र जोखिमका हिसाबले बढी खतरा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा अहिलेसम्म ६३ हजारभन्दा बढी भारतीयलाई खोप दिइसकिएको छ। 

प्रकाशित: Feb 10, 2021| 01:13 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।