बिहीबार, फागुन २८, २०८२

आवासीय भवनमा आगलागी हुँदा रूसमा पाँचको मृत्यु

रूसको कोमी क्षेत्रमा मंगलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको त्यहाँका समाचार माध्यमले जनाएका छन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– रूसको कोमी क्षेत्रमा मंगलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको त्यहाँका समाचार माध्यमले जनाएका छन्।  

National life

कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई आगोले जलाइसकेको त्यहाँको प्रशासनले जनाएको छ।  

घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका र उनीहरूको पहिचान भइरहेको बताइएको छ। स्थानीय समय अनुसार मंगलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ। आगलागीका कारण केही व्यक्ति घाइते भएको बताइएको छ। 

आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको बताइएको छ। 

प्रकाशित: Feb 10, 2021| 01:05 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।