मंगलबार, चैत १०, २०८२

संक्रमणकै अवस्थामा कोरोनाको खोप लाउने कि नलाउने ?

कोरोना संक्रमित थपिने क्रम पनि जारी छ। आज (मंगलबार) १६० जना संक्रमित थपिए।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– नेपालमा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्दको खोप लगाउने क्रम जारी छ। 

National life

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा खटिने कर्मचारीहरुले खोप लगाएका छन्। दोस्रो चरणमा सञ्चारकर्मी, कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलगायतले लगाइरहेका छन्। 

कोरोना संक्रमित थपिने क्रम पनि जारी छ। आज (मंगलबार) १६० जना संक्रमित थपिए। खोप अभियान चलिरहँदा कोरोना संक्रममण भइरहेको अवस्थामा संक्रमित व्यक्तिले खोप लगाउन हुन्छ कि हुँदैन भनने जिज्ञासा पनि देखिएका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोलाका अनुसार संक्रमित भइरहेको व्यक्तिलाई तत्कालै खोप लगाइहाल्नुपर्ने आवश्यकता हुँदैन। किनकी इन्फेक्सनबाट जोगाउनको लागि भ्याक्सिन दिने हो। संक्रमित व्यक्तिमा प्राकृतिक रुपमै एन्टिबडी बन्ने प्रक्रिया भइरहेको हुन्छ। त्यसले नै काम गरिरहेको हुन्छ।

सरकारको खोप समितिका सल्लाहकार खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार पनि संक्रमित भई निको भएको दुई हप्तापछि मात्रै खोप लगाउने गरिएको छ। खोपले कोभिडसँग लड्ने क्षमता वा प्रतिरक्षा प्रणाली बढाउने हो।  

Laxmi sunrise bank
kumari

उनका अनुसार प्रतिरक्षा प्रणाली शरीरको महत्वपूर्ण भाग हो, जसले अन्य भाइरस, ब्याक्टेरिया वा जिवाणुलाई शरीरमा प्रवेश गर्न रोक्नुका साथै भाइरससँग लड्ने काम गर्छ । प्रतिरक्षा प्रणालीभित्र पनि विभिन्न भाग हुन्छन्, जसमध्ये पहिलो तहमा रहेका प्रतिरक्षाका कोषहरूले भाइरसको आक्रमणबारे सचेत राख्छन्। शरीरमा भएको प्रतिरक्षा प्रणाली सक्रिय हुने हुँदा संक्रमण हुनबाट जोगाइरहेको हुन्छ। 

‘संक्रमित भएको अवस्थामा भ्याक्सिन दिनु जरुरी छैन,’ उप्रेतीले भने, ‘शरीरमा प्राकृतिक रुपमा प्रतिरोधात्मक क्षमता बन्ने क्रममा भ्याक्सिन लगाइहाल्नुपर्ने हुँदैन तर संक्रमणमुक्त भएको १४ दिनपछि लगाउँदा हुन्छ।’

उनले थपे, ‘संक्रमण निको भएकालाई भ्याक्सिन दिँदा ‘इम्युन सिस्टम’ अझ बलियो हुन्छ। शरीरमा एन्टिबडी थपिएर कुनै समस्या हुँदैन। यो भ्याक्सिनले बनाएको एन्टिबडी कति समयसम्म रहन्छ भन्ने कुनै अनुसन्धानबाट जवाफ आइसकेको छैन। अब एक–दुई वर्षमा बल्ल कति समयसम्म एन्टिबडी रहन्छ भन्ने कुरा थाहा हुन्छ।’

उप्रेतीका अनुसार संक्रमणपछि शरीरमा एन्टिबडी त बन्छ तर कति समय त्यो एन्टिबडी रहन्छ, अनुसन्धानकै क्रममा छ। केही अनुसन्धानहरुले ६ महिनासम्म रहने देखाए पनि अझै केही उत्तर बाँकी नै छन्। 

प्रकाशित: Feb 09, 2021| 11:42 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्