सोमबार, जेठ ४, २०८३

२०८० सम्ममा सबै विषयको पाठ्यक्रम परिमार्जन हुने (कक्षा ११ को पाठ्यसामग्रीसहित) 

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुरुप चालू शैक्षिक वर्ष २०७७ मा कक्षा १ मा र कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाइ हुन थालेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं – पाठ्यक्रम विकास केन्द्रले २०८० सालसम्ममा विद्यालय तहका सबै पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। 

National life

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुरुप चालू शैक्षिक वर्ष २०७७ मा कक्षा १ मा र कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाइ हुन थालेको छ।

शैक्षिक वर्ष २०८० सम्म सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए। 
उनले भने, ‘हामी क्रमिक रुपमा पाठ्यक्रम परिमार्जन गर्दै जाने तयारीमा छौं।’

केन्द्रले सातै प्रदेशका २८ विद्यालयमा कक्षा ६–८ को नयाँ पाठ्यक्रम परीक्षणका लागि पठाएको छ। 

शैक्षिक वर्ष २०७६ मा परीक्षणका लागि स्वीकृत भएका कक्षा ६–८ का पाठ्यक्रम शैक्षिक वर्ष २०७७ मा सातै प्रदेशका २८ विद्यालयमा परीक्षण प्रयोग गरिने भएको हो।  

यो पाठ्क्रम, शैक्षिक वर्ष २०७८ बाट देशभर लागू हुनेछ। शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने दाहालले बताए।

२०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू भएपछि भने विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन हुन्छ।

केन्द्रले २०७७–२०७९ सम्मका लागि कक्षा ११ का १४६ भन्दा बढी विषयका २६६ वटा पाठ्यसामग्रीसमेत तयार गरिसकेको छ। 

यस्तो छ कक्षा ११ को पाठ्यसामग्री
 

प्रकाशित: Feb 09, 2021| 09:00 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्