काठमाडौं– भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा परेर ९३ जना मजदुर अझै बेपत्ता छन्।
केन्द्रीय ऊर्जामन्त्री आरके सिंहका अनुसार ऋषिगंगा विद्युत् परियोजनामा काम गर्ने मजदुरको खोजी भइरहेको छ।
उनीहरु जीवित रहने आशा कम रहेको मन्त्री सिंहले बताएका छन्। ४९ जना मजदुर सुरुङमा फसेका छन् भने अरुलाई नदीमा आएको बाढीले बगाएको हो।
दुर्घटनामा मृत्यु भएका ३१ जनाको शव निकालिसकिएको छ।