आइतबार, असोज ४, २०८३

‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ पुरस्कार 

पुस्तकको  समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर उक्त कृतिलाई प्रदान गर्ने निर्णय भएको इन्जाले जनाएको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) प्रदान गरिने भएको छ।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित उक्त पुरस्कार सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट ‘कोटेश्वरको केटोलाई’ प्रदान गर्ने निर्णय भएको हो।

पुस्तकको  समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर उक्त कृतिलाई प्रदान गर्ने निर्णय भएको इन्जाले जनाएको छ। 

पराजुलीका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा मार्क्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित छन्। यस्तै अनायिका (उपन्यास),  भ्रष्ट संवेदना (कवितासंग्रह) र कोटेश्वरको केटो (संस्मरणात्मक कृति) उनका अन्य साहित्यिक कृति हुन्। 

‘कोटेश्वरको केटो’ झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो। यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ। यसमा काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा सशक्त रूपमा आएका छन्।  

‘राजेन्द्र पराजुली जस्तो सशक्त कलमजीवीलाई यो पुरस्कार समर्पण गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ,’ उत्कृष्ट साहित्यिक कृतिलाई प्रायोजन गर्दै आएकी अमेरिका निवासी वरिष्ठ साहित्कार अम्बिका गुरुङले भनेकी छन्। 

प्रकाशित: Feb 09, 2021| 06:53 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।