आइतबार, असोज ४, २०८३

प्रजातन्त्र दिवसमा कविता तथा निबन्ध प्रतियोगिता हुने

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं – प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ।

प्रज्ञा-प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा प्रतियोगिता आयोजना हुने भएको हो।

महोत्सवका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ। 

प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा कतै प्रकाशित र प्रसारित नभएको कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नु पर्ने प्रज्ञा प्रतिष्ठानले जनाएको छ। 

कविता र निबन्ध दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्ने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए।

प्रकाशित: Feb 09, 2021| 01:21 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।