बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले म्यानमारका सेनालाई भन्यो- अहिलेको कदम फिर्ता नलिए आवश्यक कदम चाल्छौं

अमेरिकाले म्यानमारका सेनालाई भन्यो- अहिलेको कदम फिर्ता नलिए आवश्यक कदम चाल्छौं

अमेरिकाले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीलगायतका नेताहरूलाई त्यहाँकाे सेनाले नियन्त्रणमा लिएको घटनाको विरोध जनाएको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं - अमेरिकाले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीलगायतका नेताहरूलाई त्यहाँकाे सेनाले नियन्त्रणमा लिएको घटनाको विरोध जनाएको छ।

National life

राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै प्रजातन्त्रलाई कमजोर पार्न गरिएको गिरफ्तारी भन्दै विरोध जनाएको हो। 

साकीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ब्रिफिङ गरेका थिए। 

म्यानमारका लोकतान्त्रिक संस्थाहरूलाई आफ्नो बलियो समर्थन रहेको जनाउँदै अमेरिकाले नियन्त्रणमा लिइएका नेताहरूलाई रिहा गर्न पनि भनेको छ। साथै अमेरिकाले त्यहाँको सेना र अन्य दलहरूलाई लोकतान्त्रिम मापदण्ड र कानुनी शासनको पालना गर्न पनि आग्रह गरेको छ। 

म्यानमारको परिस्थितिलाई नजिकबाट नियालिरहेकाे भन्दै अमेरिकाले भनेको छ, ‘अहिलेको कदम फिर्ता नलिए आवश्यक कदम चाल्छौं।’

Laxmi sunrise bank
kumari

म्यानमारमा सेनाले सत्ता कब्जा गर्दै एक वर्षसम्म संकटकाल लागू गरेको छ। 

प्रकाशित: Feb 01, 2021| 07:06 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।