बिहीबार, फागुन २८, २०८२

म्यानमारमा सेनाद्वारा सत्ता कब्जा, संंकटकाल लगाइयो

सोमबार विहानै सेनाले राष्ट्रिय टेलिभिजनमा संवोधन गर्दै म्यानमारमा एक वर्षसम्म संकटकाल लागू गरिएको जनाएको छ। राजधानी र प्रमुख सहरमा टेलिफोन र इन्टरनेट सेवा बन्द गराइएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

एजेन्सी-  म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरी सत्ता कब्जा गरेको छ।

National life

सोमबार विहानै सेनाले राष्ट्रिय टेलिभिजनमा संवोधन गर्दै म्यानमारमा एक वर्षसम्म संकटकाल लागू गरिएको जनाएको छ। राजधानी र प्रमुख सहरमा टेलिफोन र इन्टरनेट सेवा बन्द गराइएको छ।

१० वर्षअघि आफैंले बनाएको संविधान उल्लंंघन गर्दै म्यानमारको सेनाले  देशको सत्ता सैन्य प्रमुख आङ लाइङलाई सुम्पिएको जनाएको छ। 

म्यानमारमा सन् २०११ मा लोकतान्त्रिक सुधार हुनु अघिसम्म सैन्य सरकार थियो। 

त्यहाँ सरकार र सेनाका बीच नोभेम्बरमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद थियो। निर्वाचनमा सू चीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले ठूलो अन्तरले जीत हासिल गरेको थियो तर सेनाले निर्वाचनमा धाँधली गरिएको आरोप लगाउँदै आएको थियो। 

Laxmi sunrise bank
kumari

नेसनल लिग फर डेमोक्रेसीले निर्वाचनमा ८३ प्रतिशत सिट जितेको थियो । यसलाई म्यानमारका जनताले जनमत संग्रहका रुपमा लिएका थिए। सन् २०११ मा सैन्य शासन समाप्त भएपछिको यो दोस्रो निर्वाचन थियो। 
 

प्रकाशित: Feb 01, 2021| 05:50 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।