बुधबार, वैशाख ३०, २०८३

सुकी र म्यानमारका राष्ट्रपति सेनाको नियन्त्रणमा

म्यानमारका नेशनल लिग फर डेमोक्रेसी पार्टीकी नेता आङसान सुकी र त्यहाँका राष्ट्रपति विन मियन्टलाई सेनाले नियन्त्रणमा लिएको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं – म्यानमारका नेशनल लिग फर डेमोक्रेसी पार्टीकी नेता आङ सान सुकी र त्यहाँका राष्ट्रपति विन मियन्टलाई सेनाले नियन्त्रणमा लिएको छ। 

National life

यसको पुष्टि सुकीका प्रवक्ताले गरेका छन्। उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग सुकी र त्यहाँका राष्ट्रपति तथा अन्य नेताहरूलाई सेनाले नियन्त्रणमा लिएको बताए।  आफूलाई पनि सेनाले नियन्त्रणमा लिन सक्ने उनकाे भनाइ छ। 

केही समयदेखि सरकार र सेनाबीच तनाव बढिरहेको थियो। सेनाले ‘कु’ गर्न सक्ने आशंका गरिरहेकै बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 

सेनाले आज संसद् बैठक पनि स्थगित गर्ने आह्वान गरेको छ। 

नोभेम्बरमा भएको निर्वाचनमा नेशनल लिग फर डेमोक्रेसी पार्टी भारी मतले विजयी भएको थियो। तर, सेनाले भने चुनावमा धाँधली भएको दाबी गरेको थियो। 

अहिले म्यानमारको राजधानी नेपीटाव र मुख्य सहर यंगुनका सडकमा सैनिक तैनाथ छन्। 

त्यहाँको टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। बीबीसी

प्रकाशित: Feb 01, 2021| 01:36 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।