बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसमा नाभाल्नीको पक्षमा प्रदर्शन गर्ने एक हजार बढी पक्राउ

रुसमा नाभाल्नीको पक्षमा प्रदर्शन गर्ने एक हजार बढी पक्राउ

रुसको राजधानी मस्कोमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शन गर्ने एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

एजेन्सी- रुसको राजधानी मस्कोमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शन गर्ने एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन्।

National life

नाभाल्नीको पक्षमा प्रदर्शनकारीहरु बढ्दै गएपछि मस्को प्रहरीले मेट्रो स्टेशन बन्द गरेको छ भने मस्को प्रवेशमा प्रतिबन्ध लगाउन लागेको छ। मेट्रो स्टेशनबाटै १४० जनाभन्दा बढी पक्राउ परेका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनका सख्त विरोधी विपक्षी दलका नेता नाभाल्नी जर्मनीबाट फर्किएलगत्तै पक्राउ परेर जेलमा छन्।
केही महिनाअघि उनलाई पुटिनकै व्यक्तिहरुले निकै विषालु पदार्थ खुवाएर ज्यान लिने प्रयास गरेका थिए।

नाभाल्नीलाई पुलिसको एउटा आदेश पालना नगरेको आरोपमा जर्मनीबाट उपचार गरेर फर्किएलगत्तै पक्राउ गरिएको हो।
नाभाल्नीविरुद्ध प्रहरीले नियमित तारिख नधाएको आरोप लगाएको छ।

प्रकाशित: Jan 31, 2021| 11:26 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।