मंगलबार, साउन १९, २०८३

वर्षदिनमा १८ सयभन्दा बढी कुष्ठरोगी थपिए 

नेपालमा आर्थिक वर्ष २०७६–०७७ मा करिब २ हजार कुष्ठरोगका नयाँ बिरामी भेटिएका छन्। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– नेपालमा आर्थिक वर्ष २०७६–०७७ मा करिब २ हजार कुष्ठरोगका नयाँ बिरामी भेटिएका छन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सो आर्थिक वर्षमा १ हजार ८ सय ५३ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका हुन्।

प्रदेश १ मा २ सय ८४, प्रदेश २ मा ६ सय, बागमती प्रदेशमा २ सय ८, गण्डकीमा ९१, लुम्बिनीमा ४ सय ७८, कर्णालीमा ५५ र सुदूरपश्चिम प्रदेशमा १ सय ३७ जना नयाँ बिरामी भेटिएका छन्। नयाँ भेटिएका बिरामीमध्ये १ सय ४१ जना १४ वर्षमुनिका र ७ सय ७० जना महिला छन्। 

कुष्ठरोग निवारण प्रति १० हजार जनसंख्यामा १ भन्दा कममा झार्ने सरकारको लक्ष्य रहे पनि कुष्ठरोगका बिरामी तथा प्रभावितप्रति हुने सामाजिक भेदभावलाई शून्यमा झार्नु चुनौतीपूर्ण भएको महाशाखका सूचना अधिकारी भोला रोका बताउँछन्। अझैपनि कुष्ठरोगीलाई सामाजिक भेदभाव हुने उनले बताए। 

नयाँ बिरामी पत्ता लागिरहनुले सो लक्ष्य पूरा गर्न कठिन भएको उनले बताए। सुरुकै अवस्थामा यो रोग पत्ता लगाउन सके यो रोग अन्य मानिसमा नसर्ने महाशाखाले जनाएको छ। 
 

प्रकाशित: Jan 31, 2021| 10:36 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्