बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • १० बर्षसम्म आमाको शव फ्रिजमा लुकाउने जापानी महिला पक्राउ

१० बर्षसम्म आमाको शव फ्रिजमा लुकाउने जापानी महिला पक्राउ

जापानमा ‘कोठा छोड्नुपर्ने डर’ले  आमाको शव  १० बर्षसम्म आफ्नै अपार्टमेन्टमा फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– जापानमा ‘कोठा छोड्नुपर्ने डर’ले  आमाको शव  १० बर्षसम्म आफ्नै अपार्टमेन्टमा फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 
 
आमाको नाममा सम्झौता भएको भाडाको घर उनको मृत्यु भएको थाहा भएपछि छोड्नुपर्ने डरले आमाको शवलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन्। 

National life

प्रहरीलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको छ।’ 

महिलाको दावी अनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो। योशिनोलाई शुक्रबार टोकियो नजिकैको चिबा शहरको एउटा होटलमा पक्राउ गरिएको बताइएको छ।

प्रहरी स्रोतलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमहरूले लेखेका छन्, योशिमोले वयानमा फ्रिजमा महिलालाई राखेको र उनी आफ्नै आमा भएको बताएकी छन् । उनले भनिन्, ‘आमालाई १० वर्ष पहिले मरेको भेटेपछि मैले लासलाई फ्रिजभित्र लुकाएँ, किनकि यो घटना बाहिर ल्याएर म बसिरहेको घर छोड्न चाहँदैनथिएँ।’ 

मृत्यु हुँदा ती महिलाको उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हाउजिङ् कम्प्लेक्स’मा उनकै नाममा कोठाहरू भाडामा लिएको पाइएको क्योदो न्यूज एजेन्सीले समाचारमा लेखेको छ। 

Laxmi sunrise bank
kumari

शव फ्रिजरमा फिट गर्न झुकाएर राखिएको अवस्थामा एक कोठामा भेटिएको प्रहरीलाई उद्धृत गरी जीजी प्रेसले समाचारमा उल्लेख गरेको छ। 
 
समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो। त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए। 

शवको परीक्षण (अटोप्सी)बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिने खालको चोटहरू नभेटिएको उल्लेख गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: Jan 31, 2021| 00:45 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।