बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा आत्मघाती विस्फोट हुँदा ८ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानमा आत्मघाती विस्फोट हुँदा ८ सुरक्षाकर्मीको मृत्यु

पूर्वी अफगानिस्तानको एक सुरक्षाचौकीमा भएको आत्मघाती बम विस्फोटमा ८ सुरक्षाकर्मीको मृत्यु भएको छ।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

एजेन्सी- पूर्वी अफगानिस्तानको एक सुरक्षाचौकीमा भएको आत्मघाती बम विस्फोटमा ८ सुरक्षाकर्मीको मृत्यु भएको छ।

National life

विस्फोट तालिबानी संगठनले गराएको जनाइएको छ। नान्गारहार प्रान्तमा आज बिहानै भएको आत्मघाती विस्फोटमा अरु केही सुरक्षाकर्मी घाइते भएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले अफगानी तालिबान समूह यसअघि भएका सम्झौतामा अडिग नरहेको र आतंकवादी गतिविधि गरिरहेको बताएको दुई दिनपछि तालिबानी समूहले सुरक्षाकर्मी लक्षित विस्फोट गराएको हो।

अफगानिस्तानमा युद्धरत तालिबानी समूह, अफगान सरकार र अमेरिकी प्रतिनिधिबीच पटकपटक छलफल भइरहे पनि बार्ता निश्कर्षमा पुगेको छैन।

प्रकाशित: Jan 30, 2021| 09:55 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।