आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, १५ घाइते

भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, १५ घाइते

भारतको उत्तर प्रदेशस्थित मुरादाबाद–आगरा हाइवेमा ट्रक र बस एकआपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित मुरादाबाद–आगरा हाइवेमा ट्रक र बस एकआपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ।

National life

उक्त दुर्घटनामा कम्तिमा १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

घाइतेमध्य केही व्यक्तिको अवस्था गम्भिर भएको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि मुरादाबादभन्दा बाहिरका अस्पतालमा रेफर गरिएको छ। 

दुर्घटना शनिबार बिहान करिब सवा आठ बजे भएको भारतीय प्रहरीले जनाएको छ।  दुर्घटनापछि उद्धारका लागि प्रहरी घटनास्थल पुगेको थियो। 

बस र ट्रक नराम्रोसँग जुधेकाले कतिपय घाइतेलाई बाहिर निकाल्न निकै मिहिनेत गर्नुपरेको प्रहरीले बताएको छ।  

प्रकाशित: Jan 30, 2021| 05:56 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।