सोमबार, जेठ ४, २०८३

राष्ट्रपति शैक्षिक कार्यक्रम तत्काल कार्यान्वयन गर्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई  आवश्यकताको आधारमा मात्र कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई  आवश्यकताको आधारमा मात्र कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।

National life

शितल निवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रीत भई पूर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्नेगरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्नेगरी अघि बढ्न निर्देशन दिएकी हुन्। 

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा.उषा झा, शिक्षा सचिव गोपीनाथ मैनाली, शिक्षा मन्त्रालयको महाशाखा प्रमुख डा. तुलसी थपलिया र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको उपस्थिति थियो।

सरकारको चालू आर्थिक वर्ष २०७७–२०७८ को वार्षिक कार्यक्रम तथा योजनामा उल्लेख भएको कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउन मन्त्री श्रेष्ठ सहितको टोली शितल निवास पुगेको थियो। 

छलफलमा मन्त्री श्रेष्ठले लक्ष्यअनुसार कार्यक्रमलाई अघि बढाउन मन्त्रालय लागिपरेको बताए। उनले भने, ‘कार्यक्रमको लक्षित बजेट अनुसार काम गर्न प्रकृया अघि बढाएका छौँ।’ आयोगका अध्यक्ष डा. झाले बजेटमा उल्लेख भएका विषयलाई तत्काल कार्यान्वयन गर्नेगरी अघि बढाइनुपर्ने बताए। उनले भने, ‘कोभिड–१९ का कारण गत आवमा कार्यान्वयन हुन नसकेको बजेट चालु आबमा कार्यान्वयन हुनेगरी प्रकृया अघि बढाइएको छ।’ 

सो क्रममा सहसचिव डा थपलिया र महानिर्देशक अर्यालले कार्यक्रमको उद्देश्य र मोडालिटीको बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए। गत वर्ष घोषणा गरेको कार्यक्रम विद्यालयले पठाएको प्रस्ताव केन्द्रले खारेज गरेपछि विवादित बनेको थियो। 

प्रकाशित: Jan 29, 2021| 12:35 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्