मंगलबार, साउन १९, २०८३

कोभिड-१९ बाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खटिएकी एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं - कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खटिएकी एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बाँके बैजनाथ गाउँपालिकाको टिटहरिया स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो।

कोरोना महामारीमा सुरुका दिनदेखि खटिएकी भारतीलाई माघ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा राखिएको थियो।

उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएर आज बिहान मृत्यु भएको हो।

प्रकाशित: Jan 29, 2021| 05:36 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्