मंगलबार, चैत १०, २०८२

पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सरपीडितले एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले एक लाख रूपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

झापा। झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले एक लाख रूपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन्।

National life

नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेको जनाएको छ।

अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले जानकारी दिए। 

विपन्न परिवारका बिरामीले खर्च अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारसँग सम्झौता गरी विपन्न नागरिक औषधोपचार कोषमार्फत् सो सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ। 

सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य प्रमुखले हस्ताक्षर गरेको विपन्नताको सिफारिसका आधारमा सेवा उपलब्ध हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

मुलुककै अत्याधुनिक सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले सरकारी बीमाजस्तै विपन्न नागरिक उपचार कोषमार्फत् एक लाख रूपैयाँसम्मको उपचार सेवा सञ्चालनमा ल्याएको बताइएको छ।

नेपाल सरकारले यसअघि चितवनको बिपी कोइराला क्यान्सर अस्पतालमार्फत् एक लाख रूपैयाँको उपचारमा सहयोग दिँदै आएको थियो।

अब यो सरकारी सहयोग पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्दा पनि प्राप्त हुने भएको छ।

हालसम्म अस्पतालबाट १४० बिरामीले यो सुविधाका लागि सिफारिस लिइसकेको बताइएको छ। त्यस्तै २७ हजार ८०० बिरामीले ओपिडीमार्फत् सेवा लिइसकेको अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा. यादवले जानकारी दिए। उनका अनुसार क्यान्सर अस्पतालले यो सेवा सुरु गरेयता ३०० जनाको सर्जरी भइसकेको छ। रासस

प्रकाशित: Jan 29, 2021| 04:01 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्