शनिबार, असार २७, २०८३

टी–१० लिगमा करण र सोमपालको डेब्यू

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी र सोमपाल कामीले अबुधाबीमा जारी टी–१० लिगमा डेब्यू गरेका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी र सोमपाल कामीले अबुधाबीमा जारी टी–१० लिगमा डेब्यू गरेका छन्।

हिजो(बिहीबार) राति सम्पन्न खेलमा दुवै खेलाडी पहिलो खेलमा सम्मिलित भएका हुन्।  

खेलमा दुवै खेलाडीको प्रदर्शन भने उच्च स्तरको रहन सकेन्। मराठा अरेबियन्सबाट बलिङ गरेका सोमपाल कामीले सम्हालिएर खेल्न नसक्दा दुई ओभरमा २८ रन प्रदान गरे।

तर उनको टिम मराडाले नर्देन वारियर्सविरुद्ध पाँच विकेटको जित निकाल्यो।

त्यस्तै, पुने डेबिल्समा सम्मिलित करण केसीले एक ओभर बलिङ गर्दै १७ रन दिए।

करणको टिम पुनेले पनि सुरुवाति जित निकालेको छ। उसले डेक्कन ग्लडिएटर्सविरुद्ध ७ विकेटको जित निकालेको हो।
 

प्रकाशित: Jan 29, 2021| 02:00 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।