सोमबार, जेठ ४, २०८३

कोरोनाविरुद्धको खोप लगाउने केहीलाई ‘साइडइफेक्ट’

बुधबारदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं- बुधबारदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ। 

National life

पहिलो र दोस्रो दिन २८ हजार ७३२ जना ‘फ्रन्टलाइनर’ ले खोप लगाइसकेका छन्। खोप लगाएकाहरुलाई ‘साइडइफेक्ट’ पनि देखिन सुरु भएको  छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगञ्जमा कोरोनाविरुद्धको खोप लगाएका केहीलाई ‘साइडइफेक्ट’ देखिएको हो।

त्यसैगरि पहिलो दिन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना विरुद्धको खोप लगाएका मध्ये २९ जना स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा २३ जनामा विभिन्न लक्षण देखिएको पाइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा अनुप बाँस्तोलाका अनुसार लक्षण देखिएका २३ जनामध्ये ६ जनामा एउटा मात्र लक्षण, ६ जनामा दुईवटा, तीन जनामा तीनवटा, एक जनामा चारवटा, दुई जनामा पाँचवटा, चार जनामा ६ वटा र एक जनामा आठ वटासम्म लक्षणहरु देखिएका छन्।  

खोप लगाएका आईसीयू, वार्ड, इमर्जेन्सीमा काम गर्ने २९ जनासंगको सोधपुछका आधारमा लक्षणहरुबारे यो जानकारी लिइएको डा बाँस्तोलले बताए। तर, त्यस्ता लक्षणहरु कुनै उपचारबिना र सामान्य औषधिको प्रयोगले ठिक भएको सबैको अनुभव रहेको डा  बाँस्तोलाले जानकारी दिए। 

खोप लगाएपछि देखिएका लक्षणका कारण कसैलाई गम्भीर स्वास्थ्य समस्या वा अस्पताल भर्ना हुनुपरेको अवस्था भने नभएको उनले बताए।  खोप लगाएका सबैले आफ्नो दैनिक काम नियमित रुपले गरिरहेको उनको भनाइ छ।  

प्रकाशित: Jan 29, 2021| 01:43 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्