बिहीबार, फागुन २८, २०८२

चीनमा डब्लुएचओको क्वारेन्टाइन अवधि सकियो

चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं- चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ।

National life

चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएका हुन। 

मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्वारेन्टाइनमा बसेको टोलीले अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डको पालना गरेर क्वारेन्टाइन अवधि पुरा गरेको छ।  

‘उनीहरुका सबै गतिविधि वैज्ञानिक र स्वीकार्य मान्यता अनुसारका रहेका थिए, मानिसको जीवन र स्वास्थ्यलाई ध्यान दिएर गतिविधिहरु गरिएको थियो’,  प्रवक्ता लिचिनले भने।  

कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको देशमा त्यसको उत्पत्तिको बारेमा अध्ययन गर्न भन्दै डब्लुएचओको टोली चीन आएको हो। 

Laxmi sunrise bank
kumari

टोलीले क्वारेन्टाइनबाट निस्किएपछि बिहीबारदेखि नै आफ्नो अध्ययन कार्य सुरु गरेको पनि चिनियाँ अधिकारीहरुले जनाएका छन्।

यो टोलीलाई कोरोनाभाइरसको उत्पत्तिसम्वन्धी सत्यतथ्य पत्ता लगाउने टोलीका रुपमा लिइएको छ।

क्वारेन्टाइनबाट निस्किएपछि उनीहरुलाई चिनियाँ पक्षले अध्ययनका लागि अब चाहेको ठाउँमा जान स्वीकृति दिने भएको छ। 

अध्ययनका क्रममा पनि डब्लुएचओको टोलीले सामाजिक दुरी कायम राख्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका नियम भने निरन्तर पालना गर्नु पर्ने जनाइएको छ।

प्रकाशित: Jan 29, 2021| 01:17 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।