शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सावित्राको ह्याट्रिकले दिलायो शीर्षस्थानको एपीएफलाई ७ अंकको अग्रता

सावित्राको ह्याट्रिकले दिलायो शीर्षस्थानको एपीएफलाई ७ अंकको अग्रता

राष्ट्रिय महिला लिगको अंकतालिकामा शीर्षस्थानमा रहेको सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफले आज (बिहीबार) को जितसँगै ७ अंकको अग्रता बनाएको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- राष्ट्रिय महिला लिगको अंकतालिकामा शीर्षस्थानमा रहेको सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफले आज (बिहीबार) को जितसँगै ७ अंकको अग्रता बनाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय क्लब पुलिस क्लबलाई ३–० गोलले हराउँदै एपीएफले शीर्षस्थानमा अंक दूरी बढाएको हो।

एपीएफको जितका लागि फरवार्ड सावित्रा भण्डारीले तीनै गोल गरिन्। उनले खेलको ३२, ५६ र ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्।

आजको जितसँगै एपीएफले लगातार चार खेलमा जित निकाल्दै १२ अंक बनाएको छ। त्यस्तै, दोस्रो स्थानको पुलिस र तेस्रो स्थानको वालिङ नगरको समान ५-५ अंक छ।

चौथो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको चार अंक छ।

पुलिस क्लबले आज हार बेहोरेसँगै उसका प्रशिक्षक सञ्जीव जोशीले आफ्नो खेलाडी चोटग्रस्त भएका कारण सबैलाई मैदान उतार्न नसकिएको बताएका छन्।

उनले भने, ‘हाम्रो महत्वपूर्ण डिफेन्डर पूजा राना चोटग्रस्त थिइन्। यसकारण हामीलाई गाह्रो भयो।’

प्रकाशित: Jan 28, 2021| 13:57 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।