सोमबार, चैत २, २०८२

प्रधानमन्त्री कपको फाइनलमा आर्मी र एपीएफ भिड्ने

बागमती प्रदेशलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– बागमती प्रदेशलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

National life

त्रिविको क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा आर्मीले बागमतीलाई ९४ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो। अब आर्मीले शनिबार हुने फाइनल खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।

आजको खेलमा आर्मीको जितका लागि बिक्रम शोब र राजेश पुलामीले ९२ रनको साझेदारी गरे। दोस्रो इनिङमा १० ओभर बलिङ गरेका शोबले पाँच मेडन राख्दै तीन विकेट गिराए।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले खराब सुरुआत गर्दै पूरा ओभेर खेलेर सम्पूर्ण विकेट गुमाउँदै २२९ रन जोडेको थियो।

२३० रनको लक्ष्य पछ्याएको बागमती ४० ओभर दुई बल खेल्दै सम्पूर्ण विकेट गुमाएर १३५ रनमा समेटिएपछि ऊ फाइनलमा पुग्नबाट बञ्चित भएको हो।

Laxmi sunrise bank
kumari

पहिलो इनिङमा ओपनिङमा मैदान छिरेका आर्मीका हरि चौहानले २१ बलमा तीन रन खेल्दै पवेलियन फर्किए भने अर्को ओपनर अनिल मण्डलले ६ बलमा दुई रन खेले।

आठौं ओभरमा १७ रन बनाएर तस्रो विकेट गुमाउँदै खराब अवस्थामा रहेको बागमतीका भीम सार्की र लोकेश बमले केही विकेट सम्हालिएर खेल्दा मध्यक्रममा ५६ रनको साझेदारी गरे। जहाँ सार्कीले ४० रनको योगदान गरे भने बमले २३ रन जोडे।

भीमपछि मैदान छिरेका विनोद भण्डारी १० रनमै आउट भएपछि राजेश पुलामी र बिक्रम शोबले सम्झनलायक साझेदारी गर्दै आर्मीलाई खराब लयबाट बचाए।

उनीहरुले ९२ रनको साझेदारी गर्दा पुलामी सर्वाधिक ६५ रन बनाउँदै आउट भए भने विक्रम शोबले ३५ रन जोडे। बागमतीले आर्मीलाई अतिरिक्त ३५ रन प्रदान गरेको थियो।

बलिङतर्फ बागमतीका गौतम केसीले १० ओभर बलिङ गर्दै ६१ रन दिएर पाँच विकेट लिए। त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए।

विपिन आचार्यले सबैभन्दा थोरै ३.३ को इकोनामी प्रदान गरे। त्यस्तै, रामनरेश गिरीले दुई मेडन राखे। जवाफी ब्याटिङमा आएको बागमतीले खराब सुरुआत गर्दै १८ रनमा पाँच विकेट गुमाइसकेको थियो। यसक्रममा अदिल खानले १० रन बनाए भने अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

तर कप्तान ज्ञानेन्द्र मल्लले ४७ रन बनाए पनि त्यो बागमतीको जितका लागि पर्याप्त बन्न सकेन। बागमतीका लागि अर्का खेलाडी विपिन आचार्यले २३ रन र नन्दन यादवले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झानलायक प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ विक्रम शोब, जितेन्द्र मुखिया र शुसन भारीले ३–३ विकेट गिराए। अब फाइनल खेल शनिबार त्रिवि मैदानमा हुनेछ। जहाँ आर्मी र एपीएफ खेल्नेछन्। दुवै टोली समूह चरणमा ए बाट खेलेका थिए। सो खेलमा एपीएफसँग आर्मीले ६ रनको हार बेहोरेको थियो।
प्रतियोगिताभर एपीएफ अपराजित छ भने आर्मीले एपीएफसँगको खेलमा हार बेहोरेको छ।

प्रकाशित: Jan 28, 2021| 10:40 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।