शनिबार, असार २७, २०८३

८ वर्षीय बासिल, जसले नेयमार र मेस्सीको रेकर्ड तोडे  

ब्राजिलका ८ वर्षीय बाल खेलाडी काउन बासिलले विश्व फुटबलमा राज गरिरहेका लियोनल मेस्सी र नेयमारको रेकर्ड तोडेका छन्। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– ब्राजिलका ८ वर्षीय बाल खेलाडी काउन बासिलले विश्व फुटबलमा राज गरिरहेका लियोनल मेस्सी र नेयमारको रेकर्ड तोडेका छन्। 

विश्व चर्चित स्पोर्टस् ब्रान्ड नाइकसँग सम्झौता गर्दै बासिलले मेस्सी र नेयमारको रेकर्ड तोडेका हुन्।  

उनले मेस्सी र नेयमारले नाइकसँग व्यावसायिक सम्झौता गरेको उमेरभन्दा कम उमेरमै सम्झौता गरेका छन्। ब्राजिलियन फुटबल क्लब सान्टोसका बासिललाई ब्राजिल फुटबलको भविष्यका रुपमा हेरिएको छ।

उनले नाइकसँग आकर्षक सम्झौता गरेका छन्। यो उनको खेल जीवनको पहिलो व्यावसायिक सम्झौता हो। उनले नाइकसँग तीन वर्षको सम्झौता गरेका छन्। त्यसपछि पनि उनले सम्झौता थप २ वर्ष लम्ब्याउन सक्नेछन्। 

मेस्सीले १५ वर्षको उमेरमा र नेयमारले १३ वर्षमा नाइकसँग सम्झौता गरेका थिए। रियल मड्रिडका रोड्रिगोले भने ११ वर्षको उमेरमा सम्झौता गरेका थिए। बासिल हाल सान्टोसको अन्डर–९ को फुटसल टिमका लागि खेल्छन्।

प्रकाशित: Jan 28, 2021| 09:00 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।