शनिबार, असार २७, २०८३

महिला लिग : चौदण्डीको पोस्टमा वालिङको १० गोल

क्यामरुनियन खेलाडी मिथू एलुडे रुथले डबल ह्याट्रिक गर्दा वालिङ नगरले चौदण्डीगढीविरुद्ध महिला लिगमा सानदार जित निकालेको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– क्यामरुनियन खेलाडी मिथू एलुडे रुथले डबल ह्याट्रिक गर्दा वालिङ नगरले चौदण्डीगढीविरुद्ध महिला लिगमा सानदार जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार)सम्पन्न खेलमा वालिङले १०–० गोलको जित निकालेको हो।

प्लेयर अफ दि म्याच भएकी रुथले वालिङका लागि ६ गोल गरिन्। उनले पहिलो हाफको १२ मिनेटमा समयमा पहिलो ह्याट्रिक पूरा गरेकी थिइन्। पहिलो गोल सातौं मिनेटमा गरेकी उनले १२ औं र १९ औं मिनेटमा दोस्रो र तेस्रो गोल गरिन्।

उनले दोस्रो हाफको ६३, ७१ र इन्ज्युरी समयमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्।  उनको डबल ह्याट्रिकमा वालिङले पहिलो जित निकाल्दा सम्झना शर्माले दुई गोल थपिन्।

वालिङका लागि बाँकी दुई गोल मनमाया दमाई र टोउटा ओरानेला एभानिकले गरिन्। यता चौदण्डीगढीका लागि अर्को निराशाजनक हार सावित भएको छ। उसले अहिलेसम्म एक मात्र गोल गरेर २३ गोलको सामना गरेको छ।

आजको जितसँगै वालिङ अंकतालिकाको तेस्रो स्थानमा प्रवेश गरेको छ। त्रिभुवन आर्मी क्लबले एक स्थान गुमाउँदै चौथो स्थानमा पुगेको छ।

वालिङले यसअघि दुई बराबरी र एक हार बेहोरेको थियो। आजको जितसँगै उसले पाँच अंक बनाएको छ। यता त्रिभुवन आर्मी फुटबल क्लबको चार अंक मात्र छ।

अंकविहिन चौदण्डीगढी अंकतालिकाको पुछारमा छ।
 

प्रकाशित: Jan 28, 2021| 08:52 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।