शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विक्रम र राजेशको उत्कृष्ट साझेदारीमा बागमतीलाई प्रतिस्पर्धात्मक लक्ष्य

विक्रम र राजेशको उत्कृष्ट साझेदारीमा बागमतीलाई प्रतिस्पर्धात्मक लक्ष्य

विक्रम शोब र राजेश पुलामीको साझेदारीमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– विक्रम शोब र राजेश पुलामीको साझेदारीमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रधामन्त्री कप पुरुष एकदिवसीय क्रिकेट अन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सेमिफाइनल खेलमा आर्मीले बागमतीलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रदान गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले खराब सुरुआत गर्दै पूरा ओभेर खेलेर सम्पूर्ण विकेट गुमाउँदै २२९ रन जोडेको थियो।

ओपनिङमा मैदान छिरेका हरि चौहानले २१ बलमा तीन रन खेल्दै पवेलियन फर्किए भने अर्को ओपनर अनिल मण्डलले ६ बलमा दुई रन खेले।

आठौं ओभरमा १७ रन बनाएर तस्रो विकेट गुमाउँदै खराब अवस्थामा रहेको बागमतीका भीम सार्की र लोकेश बलमे केही विकेट सम्हालिएर खेल्दा मध्यक्रममा ५६ रनको साझेदारी गरेका थिए। जहाँ सार्कीले ४० रनको योगदान गरे भने बमले २३ रन जोडे।

६१ बल खेलेका सार्कीले पाँच चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै बमले ३० बलमा तीन बाउन्ड्री हिर्काए।

भीमपछि मैदान छिरेका विनोद भण्डारी १० रनमै आउट भएपछि राजेश पुलामी र विक्रम शोबले सम्झनलायक साझेदारी गर्दै आर्मीलाई खराब लयबाट बचाए।

उनीहरुले ९२ रनको साझेदारी गर्दा पुलामी सर्वाधिक ६५ रन बनाउँदै आउट भए भने विक्रम शोबले ३५ रन जोडे। बागमतीले आर्मीलाई अतिरिक्त ३५ रन प्रदान गरेको थियो।

बलिङतर्फ बागमतीका गौतम केसीले १० ओभर बलिङ गर्दै ६१ रन दिएर पाँच विकेट लिए। त्यस्तै, रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए।

विपिन आचार्यले सबैभन्दा थोरै ३.३ को इकोनोमी प्रदान गरे। त्यस्तै, रामनरेश गिरीले दुई मेडन राखे। आजको खेलमा विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिम प्रतियोगिताबाट बाहिरिने छ।

प्रकाशित: Jan 28, 2021| 07:07 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।