शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इब्राहिमोविचद्वारा लुकाकुमाथि रंगभेदी व्यवहार नगरेको जिकिर

इब्राहिमोविचद्वारा लुकाकुमाथि रंगभेदी व्यवहार नगरेको जिकिर

 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- गत बिहीबार सम्पन्न मिलान डर्बिमा इन्टर मिलाका फरवार्ड रोमेलु लुकाकुमाथि रंगभेदी टिप्पणी गरेको भन्ने आफूलाई लागेको आरोपको जलाटन इब्राहिमोविचले खण्डन गरेका छन्।

उनले खेलका दौरान रंगभेदी व्यवहार गरेको भन्ने आरोपको खण्डन गरेका हुन्।

खेलको समयमा लुकाकु र इब्राहिमोविचबीच  केहि पटक तनावको अवस्था उत्पन्न भएको थियो। जसकारण खेलको ५८ औं मिनेटमा रातो कार्ड खाँदै इब्राहिमोविच खेलबाट बाहिरिएका थिए।

त्यसअघि खेलमा इब्राहिमोविचको एक गोलमा शीर्षस्थानको एसी मिलान अघि थियो। तर ७१ औं मिनेटमा लुकाकू र इन्ज्युरी समयमा क्रिस्टियन एरिक्सनले गोल गर्दै इन्टर मिलानलाई जित दिलाएका थिए।

‘जलाटनको शब्दमा रंगभेद भन्ने कतै छैन। हामी सबै एकै समुदायका हौं’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हामी सबै समान हौँ। हामी खेलाडी हौँ।’

खेलका क्रममा इब्राहिमोविचले ‘गो डू योर भोडो’ भन्ने वाक्य प्रयोग गरेको छेउको माइक्रो फोनले टिपेको थियो। त्यसपछि उनले लुकाकुलाई ‘लिटल डंकी’ भनेका थिए।
 

प्रकाशित: Jan 28, 2021| 04:59 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।