शनिबार, असार २७, २०८३

पीएम कप : दोस्रो सेमीफाइनमा वाग्मती र आर्मी भिड्दै

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशको सामना गर्नेछ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशको सामना गर्नेछ।

त्रिवीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज उपाधि दावेदार टिम वाग्मती र आर्मीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती समूह बीको ग्रुपलिडर बनेर सेमीफाइनल प्रवेश गरेको थियो।

यता समूह ए को आर्मीले विभागीय डर्बी एपीएफसँग हार बेहोर्दै समूह उपविजेता बनेर सेमीफाइनल प्रवेश गरेको थियो।

उपाधि विजेता बन्दै आएको आर्मीका महत्वपूर्ण तीन खेलाडी यो सिजनमा नरहेपछि उसलाई खेलामा असर परेको कप्तान विनोद भण्डारी बताउँछन्।

खेलाडी अनुपस्थित भए पनि आर्मीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ। खेल आज ९ः३० बजेटबाट सुरु हुनेछ।

पहिलो सेमीफाइनल खेलमा जित निकाल्दै एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ। आजको विजेता टिमले फाइनलमा एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।
 

प्रकाशित: Jan 28, 2021| 03:04 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।