शनिबार, असार २७, २०८३

बार्सिलोनाको जितमा मेस्सीको पुनरागमन गोल

एक गोलले पछि परेको अवस्थामा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बराबरीमा आएको बार्सिलोनाले रायो वाल्लेक्यानोलाई पराजित गरेको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- एक गोलले पछि परेको अवस्थामा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बराबरीमा आएको बार्सिलोनाले रायो वाल्लेक्यानोलाई पराजित गरेको छ।

कोपा डेल रे अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले वाल्लेक्यानोलाई २–१ गोलले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलको ६३ औं मिनेटमा वाल्लेक्यानोका फ्रन गर्सियाले गोल गर्दै बार्सिलोनाविरुद्ध एक गोलको अग्रता बनाएका थिए।

तर त्यसको ६ मिनेट नबित्दै मेस्सीले पुनरागमन गोल गरेर खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलको ८० औं मिनेटमा जोडी अल्वाले दिएको पासलाई सदुपयोग गर्दै फ्रांकी डि जोङले गोल गरेर बार्सिलोनालाई जित दिलाए।

नकआउट खेल अन्तर्गत अन्तिम १६ को जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको छ।
 

प्रकाशित: Jan 28, 2021| 02:40 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।