शनिबार, असार २७, २०८३

कोपा इटालिया : सानदार जितसँगै युभेन्टस सेमीफाइनलमा 

इटालियन कोपा इटालिया अन्तर्गत बुधबार राति सम्पन्न खेलमा युभेन्टसले सानदार जित निकालको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– इटालियन कोपा इटालिया अन्तर्गत बुधबार राति सम्पन्न खेलमा युभेन्टसले सानदार जित निकालको छ।

युभेन्टस रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले स्पलविरुद्ध ४–० फराकिलो जित निकालेको हो।

गएरातिको जितसँगै युभेन्टस कोपा इटालियोका सेमीफाइनलमा प्रवेश गरेको छ।

युभेन्टसको जितका लागि अल्भेरो मोराटा, गियन्लुका फ्राबोटा, डेजन कुलुसेभ्स्की र फेड्रीको चिसाले समान १–१ गोल गरे।

खेलको १६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै मोराटाले गोल गरेका थिए। त्यस्तै, फ्राबोटाले ३३ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यससँगै पहिलो हाफमा युभेन्टस दुई गोले अघि रह्यो।

दोस्रो हाफमा पनि युभेन्टसले गोलको सामना नगरि दुई गोल नै थपेपछि उसले ४–० गोलको फराकिलो जित निकालेको हो।

अब सेमीफाइनलमा युभेन्टसले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ।
 

प्रकाशित: Jan 28, 2021| 02:25 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।