शनिबार, असार २७, २०८३

चेल्सीबाट टुचेलको पहिलो बराबरी

नवनियुक्त प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा मैदान उत्रिएको चेल्सीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा उल्भरह्याम्टनसँग गोलरहित बराबरी खेलेको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– नवनियुक्त प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा मैदान उत्रिएको चेल्सीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा उल्भरह्याम्टनसँग गोलरहित बराबरी खेलेको छ।

चेल्सीको स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीका तर्फबाट कुनै गोल हुन सकेन्। उल्भरह्याम्टनका खेलाडीले पनि अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

सन २०१२ मा राफेल बेनिटेजको नियुक्तिपछिको पहिलो खेलमा बराबरी खेलेयता चेल्सीले नवनियुक्त प्रशिक्षकसँग पहिलोपटक गोलरहित बराबरी खेलेको हो।

यता होम र अवे गरि उल्भरह्याम्टन चेल्सीसँग लगातार दुई खेलमा अपराजित छ। यद्यपि गएरातिको खेलमा चल्सीले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। उसले ८२० पास खेल्दा होल खेलको पोसेसन ७८.९ प्रतिशत रह्यो।

प्रशिक्षक परिवर्तन भएपछिका खेलमा चेल्सीको १७ वर्षयताकै उच्च पोसेसन र पास हो।

बुधबार रातिको बराबरीका साथै ३० अंक बनाएको चेल्सी अंकतालिकाको २० औं स्थानमा छ भने उल्भरह्याम्टन २३ अंकका साथ १३ औं स्थानमा छ।

ईपीएलकै अर्को खेलमा बर्नलीले घरेलु मैदानमा एस्टोन भिल्लालाई हराएको छ भने ब्राइटोन र फुलहामले गोलरहित बराबरी खेलेका छन्।
 

प्रकाशित: Jan 28, 2021| 02:14 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।