बिहीबार, असोज ३, २०८१

भारतमा कोरोना निर्देशिकाको समयावधि फेरि एक महिना थप 

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ।
 |  बिहीबार, माघ १५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ।

triton college

भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा थप एक महिना लम्ब्याइएको घोषणा गरेको हो।

हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने वा निरन्तर साबुन पानीले हात धुनु पर्नेलगायतका नियम कडाइका साथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। 

यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकोमा अहिले लम्ब्याएर आगामी फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो।  

भारतमा पछिल्ला केही महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। 

Metro Mart
vianet

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्यामा पहिलाभन्दा धेरै कमी आएको छ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ४९८ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।       

कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५३ हजार ७२४ जनाको मृत्यु भएको छ।  

प्रकाशित: Jan 28, 2021| 01:50 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।