शनिबार, असार २७, २०८३

महिला लिगमा चन्द्रपुरविरुद्ध विराटनगरको पहिलो जित

राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा विराटनगरले ५–० गोलको फराकिलो जित निकालेको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा विराटनगरले ५–० गोलको फराकिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा विराटनगरले पहिलो जित निकाल्दै चन्द्रपुर नगरपालिका रौतहटलाई हराएको हो।

विराटनगरका लागि कुशुम खतिवडाले ह्याट्रिक गरिन् भने अनु राई र सरिता शेर्पाले समान १–१ गोल गरे।

खतिवडाले खेलको १२ औं मिनेटमा गोल गर्दै विराटनगरलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

त्यस्तै राईले ३२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा चन्द्रपुरविरुद्ध दुई गोलको अग्रता बनाइन्।

दोस्रो हाफको ६९ औं र त्यसको एक मिनेटपछि लगातार दुई गोल गर्दै खतिवडाले ह्याट्कि पुरा गरेकी थिइन्।

त्यसअघि शेर्पाले पनि एक गोल गरेकी थिइन्। यता चन्द्रपुर नगरले भने गोल गर्न सकेन।

पहिलो जित निकालेको विराटनगरका प्रशिक्षक पारस चौधरीले आज मात्र आफ्नो आक्रामक रणनीतिले काम गरेको बताएका छन्।

विभागीय टिमसँग खेल्दा खेलाडी नर्भस हुने भएकाले खेल्न गाह्रो भएको उनले बताएका छन्।

प्रकाशित: Jan 27, 2021| 13:53 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।