मंगलबार, भदौ २३, २०८३

एसियाली सुटिङमा ११ नेपाली खेलाडी

एसियाली सुटिङ महासंघ र कुवेत सुटिङ संघको आयोजनामा हुने प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगितामा ११ नेपाली खेलाडी सहभागी हुने भएका छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- एसियाली सुटिङ महासंघ र कुवेत सुटिङ संघको आयोजनामा हुने प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगितामा ११ नेपाली खेलाडी सहभागी हुने भएका छन्।

शुक्रबार सुरु हुने प्रतियोगितामा नेपालबाट ११ खेलाडी सहभागी हुने सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बताए।

सहभागी ११ खेलाडीमा ६ जना पुरुष र ५ जना महिला छन्।

व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा हुने आयोजनकले जनाएको छ।
एयर राइफलको पुरुषमा कुमार कार्की, अर्नव घिमिरे र हरिबहादुर थापा तथा महिलामा कल्पना परियार, मीरा बन्जारा र सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन्।

एयर पेस्तोलको पुरुषमा विपेश खड्का, सुखदेव चौधरी र बद्रुउद्दिन अन्सारी तथा महिलामा कृष्णा थापा र सरिता बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

सबै खेलाडीले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेका थिए।

दुईदिने प्रतियोगितामा २२ राष्ट्रको सहभागिता निश्चित भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

नेपाली खेलाडीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: Jan 27, 2021| 13:25 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।