शनिबार, भदौ २०, २०८३

युवकको हत्या आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

धनगढी- बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन्।

प्रहरीले जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्या गरेको आरोपमा वडा अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको हो। 

घटनालगत्तै छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का ज्ञान बहादुर कडायतलाई मंगलबार नै पक्राउ गरेको प्रहरीले आज वडा अध्यक्ष विकास ऐडीलाई पक्राउ गरेको छ। त्यस्तै प्रकाश ऐडी र केदार ऐडीसहित आज ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। 

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको निर्वाचन सकेर घर फर्किने क्रममा हिजो साँझ स्थानीय बजारको बीचमा उनीहरुले खुँडा प्रहार गरी सिंहको हत्या गरेका थिए।

हत्यामा संलग्न व्यक्तिहरु छबिसपाथिभेरा गाउँपालिका वडा नं ३ का निर्वाचित वडाध्यक्ष विकास ऐडीले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल प्रयोग गरेका थिए।

हत्यामा संलग्न विकास ऐडी लगायतका चारै जना नेकपाका कार्यकर्ता हुन्। उनीहरुले हत्या गरेका सिंह तरुण दलका कार्यकर्ता हुन्। 

प्रहरीले सिंहको हत्याका क्रममा उनीहरुले प्रयोग गरेको खुँडासमेत बरामद गरेको छ।

प्रकाशित: Jan 27, 2021| 08:32 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।