शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्यान्सरपीडित केसीको उपचारमा पौदी सेभ सोसाइटीको सहयोग

क्यान्सरपीडित केसीको उपचारमा पौदी सेभ सोसाइटीको सहयोग

पौदी सेभ सोसाइटीले क्यान्सरपीडित कालिका केसीको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– पौदी सेभ सोसाइटीले क्यान्सरपीडित कालिका केसीको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेको छ।

गुल्मीको मुसिकोट नगरपालिका–१ बाङ्गेकी क्यान्सर रोगबाट पीडित केसीलाई सोसाइटीले सहयोग रकम हस्तान्तरण गरेको हो। कालिका लामो समयदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचारत छिन्।

पौदी सेभ सोसाइटीको आह्वानमा संकलित ४ लाख ४ हजार रुपैयाँ सोसाइटीका केन्द्रीय अध्यक्ष सन्तोष गिरी, उपाध्यक्ष रामप्रसाद भुसाल र कोषाध्यक्ष सूर्य खाती क्षेत्रीको उपस्थितिमा हस्तान्तरण गरिएको हो। 

सोसाइटीको आह्वानमा जापानबाट सहयोग रकम जुटाउन कृष्ण खत्री क्षेत्री, संस्थाका जापान शाखा अध्यक्ष धनिसोर अर्याल उपाध्यक्ष अम्मंर गिरी, सचिव डिलराम पोखरेल, लोकनाथ घिमिरे र विष्णुकुमार गिरीले विशेष भूमिका खेलेका थिए। 

०७४ सालमा स्थापना भएको पौदी सेभ सोसाइटीले असहायहरुको सहयोगमा समन्वय गर्दै आएको छ।
 

प्रकाशित: Jan 27, 2021| 08:00 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।