शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा

चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा

चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।

अधिवक्ता लोचन भट्टराईले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन्।

उनी हिजो मंगलबार नै मुद्दा लिएर गए पनि दर्ता भएको थिएन। आज रितपूर्वक निवेदन आएपछि दर्ता भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।

पूर्व प्रधानन्यायाधीश भइसकेका व्यक्तिले विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकूल हुनुपर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ।

प्रकाशित: Jan 27, 2021| 07:54 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।