शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ का तीन अस्पतालबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु

प्रदेश २ का तीन अस्पतालबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु

प्रदेश २ मा एकैसाथ तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

जनकपुरधाम - प्रदेश २ मा एकैसाथ तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।

प्रदेश २ को जनकपुरधामस्थित प्रादेशिक अस्पताल, वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो। 

मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी अस्पतालबाट खोप अभियानको शुभारम्भ गरे। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा आफैं पहिलो खोप लगाएर शुभारम्भ गरे। 

त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुभारम्भ गरेका हुन्।  

वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा नर्स हेमा थापाले पहिलो खोप लगाइन् भने गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स सुनिता थापाले पहिलो खोप लगाइन्।

प्रकाशित: Jan 27, 2021| 07:23 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।