शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौतम भन्छन्- पार्टी एकता नगराएसम्म शान्तिको सास फेर्न सक्दिनँ (अवधारणापत्रसहित)

गौतम भन्छन्- पार्टी एकता नगराएसम्म शान्तिको सास फेर्न सक्दिनँ (अवधारणापत्रसहित)

‘वाम आन्दोलनमा लागेको ६८ वर्षसम्म थाकिनँ, अब जति बाँच्छु पार्टी निर्माणमै लाग्छु। समाजवाद निर्माणमा लाग्छु।’
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एक नभएसम्म आफूले शान्तिको सास फेर्न नसक्ने बताएका छन्।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बुधबार पार्टी एकता अभियानको घोषणा गर्दै उनले आफूले पुस ५ गतेदेखि नै एकताका लागि अभियान थालेको बताए। 

उनले भने, ‘वाम आन्दोलनमा लागेको ६८ वर्षसम्म थाकिनँ, अब जति बाँच्छु पार्टी निर्माणमै लाग्छु। समाजवाद निर्माणमा लाग्छु।’

सर्वोच्चमा परेको मुद्दा फैसला हुनेबित्तिकै ओलीको समूहबाट पनि दाहाल समूहबाट धेरै साथी आफ्नो अभियानमा मिसिन आउने उनको भनाइ छ।

गौतमले भने, ‘गणतन्त्र र एकताबद्ध गराउन सफल भयौं भन्ने लागेको थियो। कम्युनिस्ट आन्दोलनले उचाइमा पुर्‍याएनौ भनेर कसैले पनि दोष दिन पाउने छैनन् भनेर ढुक्क भएका थियौं। तर म बाँचिरहेको अवस्थामा फुटेर जाने निश्चित भएको छ।’

अब एकताका लागि थप जिम्मेवारीका साथ अघि बढ्ने उनले बताए।

उनले भने, ‘दाहालको नेतृत्वमा रहेका केहीलाई छाडेर ठूलो पक्ष एकताका पक्षमा छ भने ओलीबाहेक उनको पक्षमा रहेका सबै एकताका पक्षमा छन्।’

उनले यसबाट आफूहरुमा सफल हुने विश्वास पलाएको बताए। गौतमले भने, ‘अहिले फुटाउनका निम्ति सक्रिय साथीहरु भोलि जुनटाउनका निम्ति आउने पक्का छ।’

उनले विभाजित पार्टी चुनावमा जाँदा मत विभाजित हुने बताए। उनले भने, ‘अर्को बीचको पार्टीले जित्ने निश्चित छ।’ पार्टीले जुटेर मात्र शक्ति प्राप्त गर्ने उनको भनाइ छ। उनले फुटेर गएको नेकपा मालेले एउटा पनि ठाउँमा जित्न नसकेको स्मरण गरे। 

प्रकाशित: Jan 27, 2021| 07:12 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।