शनिबार, भदौ २०, २०८३

गण्डकीका ११ वटै जिल्लामा सुरु भयो खोप अभियान

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाश्चञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई खोप बक्स हस्तान्तरण गरेर बुधबार अभियानको सुरुआत गरेका हुन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

पोखरा– गण्डकी प्रदेशमा कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाश्चञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई खोप बक्स हस्तान्तरण गरेर बुधबार अभियानको सुरुआत गरेका हुन्। 

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोनासँग जुध्न संघ, प्रदेश र स्थानीय तहहरुले गरेको प्रयासले सार्थकता पाउँदै आएको बताए।  काम गर्ने क्रममा भएका कमजोरी सुधार्दै यसलाई अझ सशक्त रुपमा अगाडि बढाउन समेत उनले आग्रह गरे।

पहिलो चरणको कोभिड–१९ खोप अभियानका लागि गण्डकी प्रदेश १४ वटा खोप केन्द्र तोकिएको छ। कास्कीमा चार सहित १४ स्थानमा खोप केन्द्र तोकिएको प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी गराइन्। 

भारतको सहयोगमा नेपाललाई प्राप्त खोपमध्ये गण्डकीलाई ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

कास्कीसहित गण्डकी प्रदेशका अन्य १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएकोमा सबै जिल्लामा खोप पठाइसकिएको र बुधबार नै सबै जिल्लामा अभिषन सुरु भएको डा. शर्माले बताए। 

\गण्डकी प्रदेशमा प्राप्त कोभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने योजना रहेको जनाइएको छ।

१८ वर्षमाथि तोकिएका लक्षित वर्गलाई पहिलो मात्रा दिइने र दोस्रो मात्रा २८ दिनपछि दिइने छ। खोप कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न प्रमुख सचिव विष्णुप्रसाद नेपालको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति गठन गरिएको छ।

त्यसैगरी खोप लगाइसकेपछि हुने जोखिम नियन्त्रण गर्न जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा जिल्ला खोप समन्वय समिति पनि गठन गरिएको छ।

प्रकाशित: Jan 27, 2021| 06:37 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।