आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार प्रेस स्वतन्त्रता र नागरिकको अधिकारका लागि प्रतिबद्ध छ- मन्त्री शर्मा

सरकार प्रेस स्वतन्त्रता र नागरिकको अधिकारका लागि प्रतिबद्ध छ- मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिबद्ध भएको बताएका छन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिबद्ध भएको बताएका छन्।

सोमबार नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गरेको थियो। सो कार्याक्रममा बोल्दै उनले वर्तमान गठबन्धन सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने बताएका हुन्। 

कार्यक्रममा उनले सरकार सञ्चार क्षेत्रको पक्षमा रहेको बताए। नागरिक अधिकारका लागि पनि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। उनले भने, ‘कुनै दलीय प्रतिस्पर्धा वा दलीय स्वार्थमा नभएर राष्ट्रिय स्वार्थमा एकताबद्ध हुनुको विकल्प छैन, सहकार्यको विकल्प छैन र संविधानले निर्दिष्ट गरे अनुसारको समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, त्यसमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ भन्ने हामी सबैलाई महसुस भएको कुरा हो। त्यो आधारमा आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ, उभिनेछ।’

अर्थमन्त्री शर्माले विगतको सरकारले कतिपय कुराहरु कार्यान्वयन हुनै नसक्ने गरी घोषणा गरेको भन्दै आफूले अध्ययन गरिरहेको बताए। सकारात्मक कुराहरुलाई स्थापित गर्दै कार्यान्वयनमा लैजाने र भत्केका कुराहरुलाई सुधार गर्दै लैजाने उनको  भनाइ छ।

कोभिड–१९ महामारीले सञ्चार क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा आफू जानकार रहेको भन्दै अर्थमन्त्री शर्माले यस क्षेत्रको आर्थिक संकट समाधानका लागि सरकारले के गर्नुपर्छ सल्लाह, सुझाव दिन आग्रह गरे। 

प्रकाशित: Aug 02, 2021| 19:16 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्