शनिबार, भदौ २०, २०८३

वामदेवले घोषणा गरे पार्टी एकता राष्ट्रिय अभियान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिकरूपमा विभाजन भएका बेला उपाध्यक्ष वामदेव गौतमले  पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिकरूपमा विभाजन भएका बेला उपाध्यक्ष वामदेव गौतमले  पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। 

आज ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा एक कार्यक्रम गर्दै अभियानको घोषणा गरेका हुन्। 

देशको समृद्धिका लागि नेकपाको एकता हुनु आवश्यक रहेको गौतमको भनाइ छ। 

पुस ५ गते संसद् विघटन भएसँगै नेकपा दुई समूहमा विभाजन भएको छ। दाहाल–नेपाल समूह र ओली समूहले छुट्टाछुट्टै भेला, कार्यक्रम गर्दै आएका छन्। 

यी दुई समूहले संगठन विस्तार गर्ने, अर्का पक्षका नेताहरूलाई कारबाही गर्ने, देशव्यापी जनसभाहरू गर्ने लगायतका कार्यक्रम गरिरहेका छन्।

प्रकाशित: Jan 27, 2021| 06:11 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।