शनिबार, भदौ २०, २०८३

प्रदेश १ मा दुई डाक्टरले लगाए कोरोनाको पहिलो खोप

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

विराटनगर– प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। 

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन डा. दीपक सिग्देललाई खोप लगाएर कार्यक्रमको शुरुवात गरिएको हो। 

बुधबार ८ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर वस्नेतले बताए। उनका अनुसार पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए। 

निर्देशक बस्नेतका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा केन्द्र निर्धारण गरिएको छ। खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिईसकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमा बुधबार कार्यक्रम शुरु भएको उनले बताए। बिहीबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम शुरु हुने उनले बताए। 

कोभिड विरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा. दीपक सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताए। उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताए। पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिना सम्म सुरक्षित रहन सकिने उनले दाबी गरे।

बुधबार प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयप्राप्त गर्ने काम शुरु भएको बताए। उनले लक्षित वर्गपछि अन्यव्यक्तिहरुलाई पनि खोप लगाउन शुरु गरिने बताए। सरकारलाई सबैलाई कोभिड १९ विरुद्धको खोप लगाउने मन्त्री कार्कीको भनाइ छ। 

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ। 

प्रकाशित: Jan 27, 2021| 06:01 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।