बुटवल– लुम्बिनी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरेका हुन्।
पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका छन्।
अस्पतालका अरू १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउँदैछन्। लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए।