शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा कोरोनाको पहिलो खोप स्वास्थ्य निर्देशकले लगाए

सुदूरपश्चिममा कोरोनाको पहिलो खोप स्वास्थ्य निर्देशकले लगाए

सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

धनगढी– सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्। 

काठमाडौँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि सुदूरपश्चिममा अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्। 

उनले सेती प्रादेशिक अस्पतालसहित प्रदेशका ९ वटा खोप केन्द्र मार्फत अभियान सुरु भएको घोषणा गरे। 

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन्।

भारतले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ। 

संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना भाइरसविरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको छ।

प्रकाशित: Jan 27, 2021| 05:44 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।