मंगलबार, चैत १०, २०८२

चिसो बढेपछि सिरहा नगरपालिकाका विद्यालयमा तीन दिन बिदा

बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

सिरहा - बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ।

National life

बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उनले बताए। 

शैक्षिक क्यालेन्डर २०७७ को बर्खे बिदाबाट कट्टा हुने गरी माघ १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ छ। 

बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुसारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 27, 2021| 05:44 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्