शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप’

‘तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप’

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन्।

कोरोनाविरुद्ध खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भारतसँग अन्य खोप खरिदका लागि पनि छलफल भएको बताएका हुन्। 

‘हामी खोपमा मात्रै भर पर्नु हुँदैन,’ उनले भने, ‘अत्यधिक भरपर्दो पक्ष भने कोभिडविरुद्धको लडाइँ नै हो।’

उनले लापरबाही गर्न नहुने स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने बताए। 

‘खोप नहुँदा पनि नियन्त्रणमा गर्दै ल्याएका थियौं,’ उनले भने, ‘लगभग फागुनसम्म नियन्त्रणमा लिन सकिने अनुमान थियो, त्यसलाई यथार्थमा परिणत गर्न हामीसँग खोप नै आइसकेको छ।’

प्रकाशित: Jan 27, 2021| 05:17 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।