शनिबार, असार २७, २०८३

चेल्सीको टिम टुचेलले सम्हाल्ने

इंग्लिस क्लब चेल्सीको प्रशिक्षकमा थोमस टुचेल नियुक्त भएका छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं - इंग्लिस क्लब चेल्सीको प्रशिक्षकमा थोमस टुचेल नियुक्त भएका छन्।

चेल्सीले समाजिक सञ्जाल ट्विटरमा टुचेलसँग सम्झौताको तस्बिर पोस्ट गर्दै उनलाई स्वागत गरेको छ।

जारी सिजनमा उपाधि दाबेदार मानिएको चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक फ्रांक लाम्पार्डलाई हटाउँदै चेल्सीले टुचेललाई प्रशिक्षणको जिम्मा दिएको हो।

टुचेल गत डिसेम्बरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट बर्खास्त भएका थिए।

उनले पीएसजी अघि जर्मन क्लब बोरुसिया डर्टमन्डमा पनि प्रशिक्षण गराएका थिए। डर्टमन्डले उनकै प्रशिक्षणमा जर्मन कप जितेको थियो।

पछिल्लो सिजनमा टुचेलकै प्रशिक्षणमा पीएसजी च्याम्पियन्स लिगको फाइनल पुगेर बार्यन म्युनिखसँग १–० गोलको हार बेहोरेको थियो।

प्रकाशित: Jan 27, 2021| 03:08 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।